काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ३८ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
शुक्रबार प्रतितोला २ लाख ३५ हजार रुपैयाँमा कारोबार भएको सुन आइतबार ३ हजार रुपैयाँले महँगिएको हो । यसअघि बिहीबार सुनको मूल्यले २ लाख ३९ हजार रुपैयाँको नयाँ रेकर्ड बनाएको थियो ।
चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदी प्रतितोला ३ हजार १२५ रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो । शुक्रबार यसको मूल्य ३ हजार ८५ रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया