काठमाडौं । काठमाडौं जिल्ला प्रशासनले नेकपा एमाले निकट युवा संघलाई मोटरसाइकल र्याली तथा सभा आयोजना गर्न अनुमति नदिने निर्णय गरेको छ ।
प्रशासनले शुक्रबार जारी गरेको सूचनामा शनिबार काठमाडौँ जिल्लाका विभिन्न स्थानमा र्याली गर्न खोजिएको भए पनि शान्ति सुरक्षाको अवस्था र सार्वजनिक सम्पत्तिको संरक्षणका कारण अनुमति नदिएको उल्लेख गरिएको छ ।
सूचनामा भनिएको छ, ‘गत भाद्र २३ गतेको जेनजी आन्दोलनपछि भएको तोडफोड, आगजनी तथा सार्वजनिक र निजी सम्पत्तिमा क्षति भएका घटनाहरू सबैलाई विदितै छन् । शान्ति सुरक्षाको अवस्था कायम राख्न, सेवा प्रवाह सुनिश्चित गर्न र सार्वजनिक सम्पत्ति संरक्षणका लागि विभिन्न समूहहरूबाट हुने भनिएका र्याली, जुलुश, धर्ना, सभा र प्रदर्शनले सुरक्षा चुनौती बढाउन सक्ने भएकाले यस प्रकारका कुनै पनि कार्यक्रमका लागि स्वीकृति दिइने छैन ।’
जिल्ला प्रशासनले पूर्व स्वीकृतिविना कुनै पनि प्रकारका कार्यक्रम नगर्न सर्वसाधारण र सम्बन्धित समूहलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया