टिकटक भिडियो बनाउन खोलामा हाम फालेका युवक मृत फेला

लोकपथ
266
Shares

बारा । दुधौरा खोलामा टिकटक भिडियो बनाउने क्रममा बेपत्ता भएका २१ वर्षीय विकी गोसाइँको शव फेला परेको छ । गोसाइँ बाराको प्रसौनी गाउँपालिका–२ का बासिन्दा हुन्।

उनको शव हाम फालेको ६ दिनपछि गण्डक जाने बङ्गरी पुल नजिक भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

विकी गोसाइँ असोज १९ गते बिहान ८ः३० बजे दुधौरा खोलाको पुलबाट हाम फालेका थिए । त्यस क्रममा उनका साथी २० वर्षीय अनुराग केशरवानी सुरक्षित नदी किनारमा पुगेका थिए ।

शव खोज्न सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय प्रहरी गरी ४३ जनाको टोली खटिएको थियो । खोजी मोटरबोट र गोताखोरको सहयोगमा दुधौरा खोलाको पुलदेखि फेटा गाउँपालिका–२ सम्मको क्षेत्रमा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?