वर्तमान सरकारले चुनाव गराउँछ भन्नेकुरा भ्रम मात्रै हो : शंकर पोखरेल

लोकपथ
28
Shares

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकारले चुनाव गराउन चाहन्छ भन्ने कुरा भ्रम मात्रै भएको दाबी गरेका छन् । बिहीबार भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रममा उनले  यस्तो बताएका हुन् । 

महासचिव पोखरेलले सरकारले चुनावको वातावरण तयार पार्न कुनै पहलकदमी नगरेको र राजनीतिक दलसँग परामर्श नगरेको गुनासो गरे । उनले भने, ‘सरकार चुनाव गराउन चाहन्छ भन्ने कुरा भ्रम मात्र हो । न नागरिकले, न राजनीतिक दलले, न सुरक्षा अंगले सरकार शान्ति सुरक्षामा जिम्मेवार रहेको अनुभूति गरेका छन् ।’

पोखरेलले २४ गतेको घटना पछि नेकपा (एमाले) का अध्यक्षले राजीनामा दिएपछि पनि प्रमुख राजनीतिक दलहरूले संविधानभित्रै समाधान खोज्नुपर्ने सन्दर्भलाई उपेक्षा गरेको आरोप लगाए । 

उनले थपे, ‘ती प्रमुख दलहरूले जे भन्यो, त्यसअनुसार संविधानभित्रै आन्दोलनकारीको माग सम्बोधन गर्न प्रक्रिया अघि बढाउनु पर्थ्यो । हामी सहयोग गर्न तयार थियौँ, तर हाम्रो सदाशयतालाई उपेक्षा गरियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?