काठमाडौं । ओखलढुंगामा एक वृद्धले श्रीमतीको हत्या गरेका छन् । मोलुङ गाउँपालिका–२ का ७२ वर्षीय टेकबहादुर राईले श्रीमती भवीलक्ष्मी राईको हत्या गरेका हुन् ।
उनले असोज १६ गते राति करिब ९ बजे आफ्नै घरमा श्रीमती भवीलक्ष्मीलाई कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनास्थलमै राईलाई नियन्त्रणमा लिएर कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले अभियुक्तमाथि ओखलढुंगा जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया