भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिका–४ ओख्रेबाट सुत्केरी र शिशुको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
स्थानीय ३९ वर्षीया निर्मला राई र उनको नवजात शिशुको आज बिहान उद्धार गरी सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको हो ।
ओख्रे स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी सङ्गीता राईका अनुसार समय अगावै शिशुको जन्म भएकाले अक्सिजनसहित थप उपचार आवश्यक भएको थियो। तर, लगातारको वर्षाका कारण सडक अवरुद्ध भएपछि स्थलमार्गबाट पठाउन कठिनाइ हुँदा हवाई उद्धार गरिएको हो ।
सुत्केरी र शिशु दुवैको अवस्था अहिले स्थिर रहेको र उनीहरूलाई चिकित्सकको निगरानीमा राखिएको अस्पताल स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया