काठमाडौं । धादिङमा गए राति (असोज १९) छोराले आमाको हत्या गरेका छन् ।
त्रिपुरासुन्दरी गाउँपालिका-५, थापाकटेरीका ३० वर्षीय यमबहादुर कँडेलले ५५ वर्षीया आमा रमामायाको हत्या गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एवं एसपी भेषराज रिजालले घटनालगत्तै खटिएको प्रहरी टोलीले यमबहादुरलाई धारिलो हतियारसहित नियन्त्रणमा लिएको बताए । यमबहादुरमाथि थप अनुसन्धान अघि बढाएको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया