अहिले कुन-कुन सडक पूर्णरूपमा अवरुद्ध छन् ?  (सूचीसहित)

लोकपथ
1.8k
Shares

काठमाडौं । लगातारको वर्षा र पहिरोका कारण देशभरका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीले सोमबार बिहान ६ः३० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै कोशी र बागमती प्रदेशका विभिन्न स्थानमा सडक आवागमन पूर्ण रूपमा बन्द भएको जनाएको छ।

कोशी प्रदेशमा भोजपुर, संखुवासभा, ओखलढुंगा, उदयपुर, धनकुटा र इलामका विभिन्न स्थानमा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् ।


भोजपुरको भोटखोला गाउँपालिका-८, संखुवासभाको मकालु गाउँपालिका–३, ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका-६ र ९, उदयपुर कटारी नगरपालिका-१४ लगायत स्थानहरूमा सडक सम्पूर्ण रूपमा बन्द छन् ।

त्यस्तै, धनकुटाको साङुरीगढी र इलाम नगरपालिकाको विभिन्न राजमार्ग खण्डमा पनि सवारीसाधन आवागमन रोकिएको प्रहरीले जनाएको छ।

बागमती प्रदेशमा समेत गोसाईंकुण्ड, रसुवा, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, मकवानपुर र सिन्धुलीका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् ।

रसुवाको गोसाईंकुण्ड गाउँपालिका-२ र ३, सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–४, काभ्रेको बनेपा नगरपालिका–११, र मकवानपुरको भीमफेदी र इन्द्रसरोवर क्षेत्रमा सडक सम्पूर्ण रूपमा बन्द छन्।

सिन्धुलीको मरिण र फिक्कल गाउँपालिकामा भने आंशिक रूपमा सिंगल लेनमा मात्र सवारी चल्न सक्ने अवस्था रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?