जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका भुटानी शरणार्थी प्रकरणका सन्देश शर्मा पक्राउ

लोकपथ
518
Shares

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै पैसा असुल्ने गिरोहका सन्देश शर्मा पुनः पक्राउ परेका छन् । पुर्पक्षका लागि केन्द्रीय कारागारमा रहेका शर्मा जेनजी आन्दोलनका क्रममा भागेका थिए । 

दाङको तुलसीपुर उपमहानगरपालिका–१६ घर भई पछिल्लो समयमा ललितपुरको हरिसिद्धीमा बसोबास गर्दै आएका शर्मालाई ललितपुरको बखुण्डोलबाट पक्राउ गरिएको हो । 

नक्कली शरणार्थी प्रकरणमा अनुसन्धान सुरु भएपछि फरार रहेकै अवस्थामा प्रहरीले काठमाडौं जिल्ला अदालतबाट उनीसहितका आरोपीविरुद्ध पक्राउ पुर्जी लिएको थियो । यसअघि उनलाई २०७९ साल चैत अन्तिममा पक्राउ गरिएको थियो । पक्राउअघि शर्मा भारतका विभिन्न स्थानमा लुकेर बसेका थिए । पक्राउपछि काठमाडौं जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?