काठमाडौं । भारी वर्षा र त्यसपछिको बाढी पहिरोका कारण मुलुकभरका २० वटा सडक पूर्ण रूपमा बन्द भएका छन् ।
प्रहरीका अनुसार कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौं सडक, फाखेल–हुमाने–काठमाडौं सडक, कान्ति लोकपथ र त्रिभुवन राजपथ सडक खण्ड (हेटौंडा–भैँसे–नौबिसे) सडक, सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागस्थानको मध्यपहाडी राजमार्ग र मरिन गाउँपालिका–२ सिन्दुरेको मदन भण्डारी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
यस्तै, ओखलढुंगा र उदयपुरमा पर्ने सिद्धिचरण लोकमार्ग, उदयपुरमा पर्ने मदन भण्डारी लोकमार्ग, धनकुटामा पर्ने मध्यपहाडी र मदन भण्डारी राजमार्ग, रौतहटमा पर्ने पूर्व–पश्चिमा राजमार्ग र रसुवामा पर्ने तीनवटै सडक, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४, चारकिलोमा पर्ने अरनिको राजमार्ग, काभ्रेको रोशी गाउँपालिकामा पर्ने बीपी राजमार्ग, ललितपुरको बागमती गाउँपालिका–३ टाकुचेमा पर्ने कान्ति लोकपथ, संखुवासभाको कोशी राजमार्ग समेत पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया