सप्तकोशीमा जलसतह बढ्यो, कोशी ब्यारेजका ५० ढोका खुला

लोकपथ
224
Shares

काठमाडौं । अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलबहाव बढ्दै गएपछि कोशी ब्यारेजका ५० ढोका खोलिएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगराज खतिवडाका अनुसार आइतबार बिहान ८ः१५ बजे कोशी ब्यारेजमा पानीको बहाव प्रति सेकेन्ड ३ लाख ३५ हजार क्युसेक पुगेपछि ब्यारेजका ५६ मध्ये ५० ढोका खोलिएको हो ।

आज बिहान ७ः०० बजे गरिएको मापनमा जलबहाव दुई लाख ७१ हजार ३१० क्युसेक पुगेपछि ३९ ढोका मात्रै खोलिएको थियो । शनिबार बेलुका ८ः०० बजे पानीको बहाव एक लाख ९३ हजार ६० क्युसेक रहेको र सो समयमा १५ ढोका खोलिएको थियो

कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको संकेतस्वरूप रातो बत्ती बाल्ने प्रावधान छ । कन्ट्रोल रुमका अनुसार अहिले तीन वटा रातो बत्ती बलिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?