काठमाडौं । सशस्त्र प्रहरीले बिदामा रहेका आफ्ना सबै कर्मचारीलाई तत्काल कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ । सम्भावित विपद्पछि उद्धारमा खटिन बिदामा रहेकालाई तत्काल हाजिर हुन भनिएको हो ।
सशस्त्र प्रहरी बलले शनिवार आन्तरिक सञ्चारमार्फत दसैँ बिदा वा घर बिदामा रहेका आफ्ना सम्पूर्ण प्रहरी कर्मचारीलाई तत्काल आफ्नो कार्यालयमा हाजिर हुन भनेको हो ।
विपद्पछिको उद्धारमा खटिनुपर्ने भन्दै सशस्त्रले सबै कर्मचारीलाई सम्भव भएसम्म आफ्नै कार्यालयमा र सम्भव नभएमा नजिकको सशस्त्र प्रहरीको कार्यालयमा हाजिर भई उद्धारमा खटिन निर्देशन दिएको हो ।
सशस्त्र प्रहरीका सह प्रवक्ता शैलेन्द्र थापाका अनुसार शनिवार नै प्रहरी महानिरीक्षक राजु अर्यालको निर्देशन बमोजिम आन्तरिक सञ्चारमार्फत तत्काल हाजिर हुन भनिएको हो ।
सडकका कारण आफ्नो दरबन्दी रहेको स्थानमा जान नसकेमा नजिकको कार्यालयमा हाजिर भई उद्धार कार्यमा जुट्न भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया