काठमाडौं । मधेस प्रदेश अन्तर्गतको बाराको कलैयामा अति भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग मातहतको मौसम पूर्वानुमान महाशाखाले बाराको कलैयामा विगत २४ घण्टामा २०० दशमलव ६ मिलिमिटर पानी मापन गरेको हो ।
कलैयामा विगत २४ घण्टामा २०० दशमलव ६ मिलिमिटर पानी पर्दा विगत ६ घण्टामा मात्रै १४८ दशमलव ६ मिलिमिटर पानी परेको छ । बाराकै परवानीपुरमा २४ घण्टाको अवधिमा १५२ दशमलव ६ मिलिमिटर पानी मापन गरिएको छ । त्यसै गरी बाराकै सिमरामा १३८ दशमलव ४ मिलिमिटर र निजगढमा १२७ मिलिमिटर पानी मापन गरिएको छ ।
यता बारापछि पर्साको वीरगन्ज पनि अति भारी वर्षाको नजिक पुगेको छ । पर्साको वीरगन्जमा विगत २४ घण्टामा १९५ दशमलव ८ मिलिमिटर पानी परेको छ । अति भारी वर्षाको सूचीमा पुग्न अब केवल ४ दशमलव २ मिलिमिटर पानी पर्नुपर्ने हुन्छ जुन यही अवस्थामा २० मिनेटमा पर्न सक्छ ।

पर्साकै मुडलीमा १६४ मिलिमिटर र टाँडीमा १३१ दशमलव ६ मिलिमिटर पानी मापन गरिएको छ । त्यसै गरी पर्साकै ठोरीमा ८८ दशमलव ४ मिलिमिटर पानी मापन गरिएको छ ।
त्यसै गरी विगत २४ घण्टामा रौतहटको गौरमा १७५ दशमलव २ मिलिमिटर पानी मापन गरिएको छ भने रौतहटकै महेशपुरमा १८३ दशमलव ६ मिलिमिटर पानी मापन गरिएको छ । यी स्थानहरूमा धेरै भारी र अति भारी वर्षा भएका स्थान हुन् र त्यहाँ अझै पनि भारी वर्षा भइरहेको छ ।
अहिले उपत्यकाको ललितपुर जिल्लामा धेरै पानी पर्ने सूचीमा पुग्न लागेको छ । ललितपुरको गोदावरीमा गरिएको मापनमा विगत २४ घण्टामा ९७ दशमलव ६ मिलिमिटर पानी परेको छ भने लेलेमा ८७ दशमलव ८ मिलिमिटर पानी परेको छ ।
काठमाडौंको नैकापमा विगत २४ घण्टामा ८६ दशमलव २ मिलिमिटर पानी मापन गरिएको छ भने पानीपोखरीमा ५७ दशमलव ६ मिलिमिटर पानी मापन गरिएको छ ।
काभ्रेको बनेपामा ८४ दशमलव ६ मिलिमिटर पानी परेको छ ।
मकवानपुरको चिसापानी गढीमा १०३ दशमलव २ मिलिमिटर पानी मापन गरिएको छ भने हेटौंडामा ८६ दशमलव ४ मिलिमिटर पानी मापन गरिएको छ ।
चितवनमा विगत २४ घण्टामा ८० दशमलव ४ मिलिमिटर पानी मापन गरिएको छ ।
सरकारले मधेस प्रदेशका जिल्लाहरूलाई रेड जोनमा राखेर बाढी र डुबानको जोखिम रहेको भन्दै रेड अलर्टमा राखेको छ ।
के हो भारी वर्षा ? वर्षाको मापन कसरी गरिन्छ ?
कुन क्षेत्रमा कति पानी पर्यो भनेर मापन गर्ने विधि नै वर्षाको मापन गर्ने विधि हो । वर्षाको मापन गर्दा मिलिमिटरमा गर्ने गरिन्छ । एक मिलिमिटर वर्षा भनेको एक वर्ग मिटर क्षेत्रमा एक लिटर पानी पर्नु हो ।
प्रति २४ घण्टाको आधारमा मापन गर्दा :
हल्का वर्षा : १० मिलिमिटर भन्दा कम
मध्यम वर्षा : १० देखि ५० मिलिमिटर
भारी वर्षा : ५० देखि १०० मिलिमिटर
धेरै भारी वर्षा : १०० देखि २०० मिलिमिटर
अति भारी वर्षा : २०० मिलिमिटर भन्दा बढी
(अपडेट समय : २०८२-०६-१८, १५ः२५)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया