अविरल वर्षाका कारण दुई दिन सार्वजनिक बिदा

लोकपथ
1.1k
Shares

काठमाडौं । अविरल वर्षासँगै सिर्जिएको प्रतिकूल परिस्थितिलाई मध्यनजर गर्दै सरकारले थप दुई दिनका लागि सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले आज (शुक्रबार) सूचना जारी गर्दै आइतबार र सोमबार सार्वजनिक बिदा दिइएको जानकारी गराएको हो । 

मन्त्रालयले जारी गरेको सूचनामा जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त सूचना अनुसार देशभर निरन्तर वर्षा भइरहेको र विभिन्न स्थानमा बाढी, पहिरो र भू-क्षयको जोखिम देखिएकाले विशेष सतर्कता अपनाउन आग्रह गरिएको उल्लेख छ।

वर्षाका कारण सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने जनाउँदै, जनजीवनमा पर्ने सम्भावित असर न्यून गर्नका लागि असोज १९ र २० गते  देशभरका सरकारी कार्यालय, शिक्षण संस्था र अन्य सार्वजनिक निकाय बन्द रहने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?