डोटी । डोटीको केआई सिंह राजमार्गअन्तर्गत गोपघाट भन्ने ठाउँमा एक प्रहरी जवान मृत फेला परेका छन् ।
शुक्रबार मध्यरात १२ः१५ बजे प्रहरीलाई सूचना आएपछि प्रहरी टोलीले उनलाई मृत अवस्थामा फेला पारेको हो । मृत फेला पर्नेमा डोटीको शिखर नगरपालिका–८ तिलताली घर भई नेपाल प्रहरीको जवान पदमा कार्यरत शंकर बलायर रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । बलायरको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जानकारी दिएको छ ।
नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बारामा दरबन्दी भई जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटमा कार्यरत उनी असोज ७ गतेदेखि लागु हुने गरी १८ दिनको बिदामा आएका थिए ।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया