मनसुनी वायु सक्रिय रहँदा देशभर वर्षाको सम्भावना

लोकपथ
455
Shares

काठमाडौं । हाल देशभर मनसुनी तथां स्थानीय वायुको प्रभाव रहँदा सबै प्रदेशमा साधारणतया वर्षा रहने छ ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । 

कोशी, बागमती,  गण्डकी , लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी  भू-भाग तथा तराइका केही स्थानहरू साथै बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा वर्षाको सम्भावना रहेको छ ।  

तराई भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना  छ । कोशी, बागमती  र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको  महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार आज राति कोशी, मधेस, बागमती प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । कोशी, र बागमती र गण्डकी प्रदेशका  केही स्थानहरूमा र बाँकी भू-भागका मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?