काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शनिबार एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
बोर्डका अध्यक्ष डा.महाश्रम शर्माका अनुसार परीक्षामा सहभागी १ लाख ४३ हजार २५७ मध्ये ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छन् ।
यस वर्ष ५९ हजार ६९३ जना परीक्षार्थी भने अनुत्तीर्ण अर्थात् अवर्गीकृत भएका छन् ।
गत वैशाखमा सञ्चालित वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड’प्राप्त गरेका वा अनुपस्थित भएका विद्यार्थीहरूका लागि बोर्डले पूरक परीक्षाको अवसर दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया