झापा । झापाको बिर्तामोड नगरपालिका–७ खालबाडीमा गए राति हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार करिब ३६ वर्षीय एक पुरुषको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । मृतकको नाम–ठेगाना भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
तराई मूलको जस्तो देखिने ती पुरुषलाई जंगलतर्फबाट आएको हात्तीले आक्रमण गरेको बताइएको छ । घटनापछि बिहान ६ः२० बजे स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय अनारमनीबाट टोली खटिएको र आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया