नख्खु कारागारबाट फरार भएका शिव शिखर सहकारीका अध्यक्ष शर्मा पक्राउ

लोकपथ
1.4k
Shares

काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट फरार भएका शिव शिखर सहकारीका अध्यक्ष केदारनाथ शर्मा पुनः पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुधबार उनलाई ललितपुरको सानेपाबाट पक्राउ गरी  नख्खु कारागारमा बुझाएको हो ।

सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि कारागार चलान गरिएका शर्मा यसअघि पनि फरार भएका थिए । उनलाई १२ असार २०८० मा भारतको मुम्बईबाट पक्राउ गरेर नेपाल ल्याइएको थियो ।

शर्माविरुद्ध सहकारी ठगीसँगै २२ अर्ब रुपैयाँभन्दा बढीको सम्पत्ति शुद्धीकरण मुद्दा पनि दायर गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?