काठमाडौं । बुधबार दिउँसोदेखि परेको अविरल वर्षापछि काठमाडौं उपत्यकाका नदीहरुमा बाढी आएको छ । बागमती, धोविखोला, बल्खु खोला, विष्णुमती लगायतका प्रमुख नदी तथा खोलामा पानीको सतह तीव्र गतिमा बढेको हो ।
जल तथा मौसम विज्ञान विभागले निरन्तर वर्षा भइरहेको भन्दै साँझसम्म जल सतह थप बढ्ने अनुमान गर्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
जलवायु परिवर्तनका कारण जलचक्रमा आएको असामान्य असरले पछिल्ला वर्षहरुमा असोज महिनामा अत्याधिक वर्षा हुने गरेको विभागको भनाइ छ ।
गत वर्ष असोज ११ र १२ गते परेको बाढीका कारण उपत्यकामा ठूलो जनधनको क्षति भएको स्मरण गर्दै यस वर्ष पनि सचेत रहन विभागले विशेष आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया