काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवं निवर्तमान परराष्ट्रमन्त्री डा. आरजु राणा १६ दिनपछि आज अस्पतालबाट डिस्चार्ज हुँदैछन् ।
जेनजी आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित निवासमै उनीहरूमाथि प्रदर्शनकारीद्वारा शारीरिक दुर्व्यवहार भएको थियो । त्यसै दिन उनीहरूलाई बालबाल उद्धार गरेर अस्पताल लगिएको थियो ।
पूर्वप्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले देउवा दम्पतीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको र उपचारमा संलग्न चिकित्सकहरूले आजको स्वास्थ्यस्थिति विश्लेषण गरेपछि डिस्चार्जको तयारी हुने बताए ।
त्यस दिन प्रदर्शनकारीको कुटाइबाट घाइते भएका पूर्वप्रधानमन्त्री देउवाको टाउकोमा १२ वटा टाँका लगाइएको थियो ।
प्रदर्शनकारीले त्यस दिन बुढानीलकण्ठस्थित निवासमा आगजनी र तोडफोड गरेका कारण त्यहाँ बस्ने सक्ने अवस्था छैन । देउवा दम्पतीको अस्थायी बसाइ अब ललितपुरको सानेपा वा जावलाखेलमध्ये एउटा हुनेछ ।
सानेपा, झम्सिखेलमा आरजुको माइती घर छ । जावलाखेलमा उनका भाइ भूषण राणाको घर छ ।
जावलाखेलको घर मध्यबजारमा भएका कारण सुरक्षाका दृष्टिले अनुपयुक्त हुने सुझाव पनि देउवा दम्पतीलाई दिइएको छ । उक्त घर प्रशासनिक प्रशिक्षण केन्द्र (स्टाफ कलेज) को अगाडि नै रहेकाले देउवा दम्पती सानेपा, झम्सिखेलमा बस्ने सम्भावना बढी छ । झम्सिखेलको घर भने होटल भिभान्तानजिकै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया