काठमाडौं । मुग्लिन-नारायणगढ सडक खण्डको तुइन खोलानजिककै पहिरो पन्छाउने काम बुधबार आज बिहानैदेखि पुन: सुरु गरिएको छ ।
बुधबार दिनभरि पहिरो पन्छाउनुपर्ने भएकाले तत्काल वैकल्पिक मार्ग प्रयोग गर्न यात्रु तथा सवारी साधन चालकलाई सडक डिभिजन भरतपुरले आग्रह गरेको छ।
मंगलबार दिउँसो ४ः५५ बजे सुख्खा पहिरो खसेपछि एकतर्फी सञ्चालन हुँदै आएको सडक दिउँसो अचानक ठूलो पहिरो खस्दा पूर्णरुपमा बन्द भएको थियो ।
गत शुक्रबार पनि सोही स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो । सोमबार मात्र सडक दुईतर्फी सञ्चालनमा ल्याइए पनि फेरि ठूलो पहिरो खसेपछि यातायात ठप्प बनेको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया