बाढीपहिरोपछि उद्धारमा जुट्न चिनियाँ राष्ट्रपति सीको निर्देशन

लोकपथ
0
Shares

काठमाडौं । नेपालमा आएको बाढीपहिरोका कारण चीनसँगको सीमावर्ती क्षेत्रमा मानवीय क्षति भएपछि चिनियाँ राष्ट्रपति सी चिनफिङले उद्धार तथा राहतका लागि हरसम्भव प्रयास गर्न निर्देशन दिएका छन् ।

नेपालस्थित चिनियाँ राजदूतावासका अनुसार राष्ट्रपति सीले प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य प्रभावकारी रूपमा सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

राष्ट्रपति सीले बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धारलाई प्राथमिकता दिन, जोखिममा रहेका मानिसलाई तत्काल सुरक्षित स्थानमा सार्न तथा घाइतेहरूको तत्काल उपचार गरी मानवीय क्षति कम गर्न निर्देशन दिएका हुन् ।

उनले विपद्को अनुगमन तथा पूर्वसूचना प्रणालीलाई थप बलियो बनाउन, वैज्ञानिक ढंगले उद्धार कार्य सञ्चालन गर्न र थप विपद् हुन नदिन आवश्यक कदम चाल्न पनि निर्देशन दिएका छन् ।

सीले अहिले बाढी तथा आँधीबेहरी नियन्त्रणका लागि महत्वपूर्ण समय रहेको भन्दै सबै क्षेत्र तथा सम्बन्धित निकायलाई बाढी नियन्त्रणका उपाय प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?