काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीमा परी हालसम्म २२ जनाको मृत्यु भएको छ ।
उनीहरूको शव फेला परे पनि पहिचान हुन बाँकी रहेको परराष्ट्रमन्त्री शिशिर खनालले जानकारी दिएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री खनालले बाढीपछि प्रहरी चौकीमा कार्यरत २६ जना प्रहरी सम्पर्कविहीन रहेको बताए । त्यस्तै, सशस्त्र प्रहरीका ९ जना पनि सम्पर्कमा नरहेको उनले जानकारी दिए ।
नेपाली सेनातर्फ टिमुरे र मैलुङ पोस्टमा कार्यरत ४४ जना पनि सम्पर्कविहीन रहेको मन्त्री खनालले बताए ।
बाढीका कारण रसुवागढी भन्सार र अध्यागमन कार्यालयका केही कर्मचारी पनि सम्पर्कविहीन रहेको उनले जानकारी दिए । प्रभावित क्षेत्रका केही स्थानीय बासिन्दा पनि सम्पर्कबाहिर रहेको बताइएको छ ।
बाढीले सरकारी तथा निजी भवनमा समेत ठूलो क्षति पुर्याएको मन्त्री खनालले जानकारी दिए । प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया