तीन सचिवको सरुवा, गृहसचिवको जिम्मेवारी रामेश्वर दंगाललाई

लोकपथ
6.1k
Shares

काठमाडौं । सरकारले ३ जना सचिवको सरुवा गरेको छ ।

आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सचिवहरुको सरुवा गरेको हो ।

जसअनुसार गृहसचिवको समेत सरुवा भएको हो ।

गृहसचिव गोकर्णमणी दुवाडीलाई राष्ट्रिय योजना आयोगको सचिवको जिम्मेवारी दिइएको छ । त्यस्तै रामेश्वर दंगाललाई गृहसचिवको जिम्मेवारी दिइएको हो । दंगाल हाल रक्षा मन्त्रालयको सचिवको जिम्मेवारीमा रहेका थिए ।

त्यस्तै राष्ट्रिय योजना आयोगका सचिव सुमनराज अर्यालको समेत सरुवा भएको छ । उनलाई रक्षा सचिवको जिम्मेवारी दिइएको हो ।

आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरे पनि आजमात्रै त्यसबारे बाहिरिएको हो ।

जेनजी आन्दोलनका क्रममा वर्तमान गृहसचिव दुवाडीले पदीय दुरुपयोग गरेको आरोप लागेको छ । उनलाई यसअघिका गृहमन्त्री रमेश लेखकले सरुवा गरेर गृहमन्त्रालय ल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?