एक हजार रुपैयाँ नदिएको निहुँमा विराटनगरमा भाउजूमाथि एसिड प्रहार

लोकपथ
756
Shares

काठमाडौं । मोरङको विराटनगर महानगरपालिका–९ धोबियारीमा देवरले भाउजूमाथि एसिड प्रहार गरेका छन् ।

सोमबार दिउँसो एक हजार रुपैयाँ नदिएको निहुँमा २५ वर्षीय श्रवण साहले आफ्नी भाउजू २२ वर्षीया रागिनी देवी साहलाई एसिड प्रहार गरेका हुन् ।

गम्भीर घाइते भएकी रागिनीलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा भर्ना गरिएको छ । अस्पतालका चिकित्सकहरूले उनको स्वास्थ्य अवस्था अहिले सुधारोन्मुख रहेको जानकारी दिएका छन् ।

परिवारका अनुसार घटना पैसाको लेनदेनको विवादसँग जोडिएको छ । श्रवणले दाजु सन्तोष साहकी श्रीमतीसँग तीन हजार रुपैयाँ मागेका थिए। रागिनीले तत्काल दुई हजार रुपैयाँ दिएकी थिइन् । तर बाँकी एक हजार रुपैयाँ नपाएपछि विवाद चर्किँदै हिंसामा परिणत भएको जनाइएको छ।

घटनापूर्व श्रवणले आफ्ना दाजुलाई समेत ज्यान मार्ने धम्की दिएको प्रहरीले जनाएको छ । घटनापछि आरोपी श्रवण साह फरार रहेका छन् । प्रहरीले उनलाई खोजी कार्य जारी रहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?