काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोलामा सुक्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग अन्तर्गतको मुग्लिन–काठमाडौं सडकखण्ड पूर्ण रूपमा बन्द भएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार गएराति खसेको पहिरो केहीबेरको प्रयासपछि पन्छाएर सडक एकतर्फी सञ्चालनमा ल्याइएको थियो । तर राति नै पुनः ठूलो पहिरो झरेपछि दुवैतर्फको सवारी आवागमन अवरुद्ध भएको हो ।
निरन्तर पहिरो खसिरहेकाले सडक खुलाउने कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । रातिदेखि नै सयौँ यात्रु र सवारी चालकहरू बाटोमै रोकिएका छन् ।
प्रहरीले यात्रुहरूलाई सुरक्षित स्थानमा बस्न र लेन अनुशासन पालना गर्न आग्रह गरेको छ। थप पहिरोको जोखिम कायम रहेकाले सर्वसाधारणलाई सतर्क रहन पनि अनुरोध गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया