दसैँ बिदामा पनि सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने

लोकपथ
259
Shares

काठमाडौं । सर्वोच्च अदालतमा दसैँ बिदामा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने भएको छ ।

त्यसका लागि सर्वोच्चले बिहान ११ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म अदालत खुला रहने भएको जनाएको छ ।

दसैँ अवधिमा घटस्थापना, विजयादशमी, कोजाग्रत पूर्णिमा र शनिबारको दिनबाहेक अन्य दिनहरूमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

अदालतको सूचनामा भनिएको छ, ‘न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने घटस्थापना, विजयादशमी, कोजाग्रत पूर्णिमा र शनिबारको दिनबाहेक अन्य दिनहरूमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म अदालत खुला रहने हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा आगजनी हुँदा अहिले बन्दी प्रत्येक्षीकरणको रिट मात्रै सुनुवाइ भइरहेको छ । रामशाहपथस्थित सर्वोच्च अदालतमा आगजनी हुँदा अहिले त्रिपाल टाँगेर सुनुवाइ भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?