काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डको तुइनखोला पुल नजिक लगातार पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
हिजो साँझ करिब ६:३० बजेबाट सुरु भएको पहिरोका कारण रातभर सडक खुल्न सकेको थिएन । आज बिहान पनि पुनः पहिरो खस्दा समस्या दोहोरिएको छ ।
सडक डिभिजन भरतपुरका अनुसार ढुंगा खस्ने क्रम निरन्तर भइरहेका कारण पहिरो हटाउन कठिनाइ भइरहेको छ । हाल तीन वटा डोजर र एउटा स्काभेकर परिचालन गरी दुवै तर्फबाट पहिरो हटाउने काम जारी छ ।
मुग्लिनतर्फबाट अर्को स्काभेकर पनि साइटमा पठाइएको छ । थप पहिरो खस्ने क्रम रोकिएमा करिब ४ घण्टाभित्र सडकमा सवारी आवागमन सुचारु हुने सडक डिभिजनले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया