आगजनी र तोडफोड भएको संसद भवन अवलोकनमा पुगे सभामुख र उपसभामुख

लोकपथ
504
Shares

काठमाडौं । विघठित प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगरले आगलागीपछि पहिलोपटक संसद भवनको अवलोकन गरेका छन् ।

बिहीबार मध्यान्न सभामुख घिमिरे र उपसभामुख राना नयाँ बानेश्वरस्थित संघीय संसद भवनको अवलोकनका लागि पुगेका हुन् ।

गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा संसद भवनमा आगो लगाइएको थियो ।

आन्दोलनको पहिलो दिन अर्थात् भदौ २३ गते नै संसद भवनलाई मुख्य टार्गेट बनाइएको थियो । सोही दिन संसद भवन अघि दर्जन बढीलाई गोली प्रहार गरिएपछि त्यसको भोलिपल्ट अर्थान् साउन २४ गते आन्दोलन थप चर्किएको थियो ।

आगलागीपछि खण्डहर बनेको संघीय संसद भवनको अवलोकनका लागि नेताहरु पुगिरहेका छन् ।

अवलोकनपछि सञ्चारकर्मीहरुसँग बोल्दै सभामुख घिमिरेले घटनाप्रति दुःख व्यक्त गरे । साथै यसअघिकै संसदले काम गर्ने अवस्था बनेको भए अझ प्रभावकारी ढंगले काम गर्न सकिने समेत विश्वास व्यक्त गरे ।

यता सिंहदरबारस्थित नयाँ संसद भवन बनाउने प्रक्रियामा रहेको छ । उक्त भवन चाँडैनै बन्ने र त्यहीँबाट आगामी संसद बैठक बस्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?