काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले ललितपुरको च्यासलस्थित एमालेको केन्द्रीय कार्यालयको अनुगमन गरेका छन् ।
महासचिव पोखरेलले आज कार्यालय पुगी ‘जेनजी पुस्ता’को प्रदर्शनका क्रममा क्षति पुगेको कार्यालयको अनुगमन गरेका हुन् । उनका साथमा केन्द्रीय सदस्य निरज आचार्यसमेत थिए ।
यही भदौ २४ गते ‘जेनजी पुस्ता’को प्रदर्शनका क्रममा एमाले पार्टी कार्यालयमा तोडफाड र आगजनी भएको थियो । आगजनी र तोडफोडबाट पार्टी कार्यालय पूर्ण रूपमा ध्वस्त भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया