काठमाडौं । राष्ट्रिय एकता दलको महिला विभागले ‘हिन्दू नारी र तीजको महत्व’ विषयक विशेष अन्तरक्रिया तथा विचार गोष्ठी आयोजना गरेको छ ।
महिला विभागकी प्रभारी पुस्ता देवी तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दलका केन्द्रीय अध्यक्ष विनय यादव प्रमुख अतिथि र सन्त मेघानन्द गिरी जी महाराज विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए ।
कार्यक्रममा अध्यक्ष यादवले सनातन संस्कृति, हिन्दू नारीहरूको योगदान तथा तीज पर्वको सामाजिक र धार्मिक महत्वबारे चर्चा गरे ।
केन्द्रीय नेताहरू तोयानाथ दाहाल, राकेश यादव तथा वरिष्ठ पत्रकार एवं विश्लेषक युगनाथ शर्मा पौडेललगायतले तीज पर्वले सामाजिक एकता, आपसी भाइचारा र महिला सशक्तीकरणमा पुर्याएको योगदानबारे विचार व्यक्त गरेका थिए ।
कार्यक्रममा महिला विभागका प्रतिनिधि, धार्मिक व्यक्तित्व तथा विभिन्न तहका नेता–कार्यकर्ताको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया