जेनजी आन्दोलनमा अधिक बल प्रयोग भयो, निष्पक्ष छानबिन गर्नुपर्छ : गृहमन्त्री अर्याल

लोकपथ
3.9k
Shares

काठमाडौं ।  गृह एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनको क्रममा भएको बल प्रयोगको घटनालाई छानबिन गर्नुपर्ने कुरालाई आफूले पहिलो प्राथमिकतामा राखेको बताएका छन् ।

सोमबार सिंहदरबारमा पदभार ग्रहण गरे लगत्तै उनले कर्मचारीहरुलाई निर्देशन दिने क्रममा सो कुरा बताएका हुन् ।

जेनजी आन्दोलनपछि मुलुकलाई सामान्य अवस्था फर्काउन र कानुनी राज्यको प्रत्याभूति दिलाउन पनि सरकारले सो क्रममा भएको बल प्रयोगको घटनाको निष्पक्ष छानबिनको कामलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने अवस्था आएको गृहमन्त्री अर्यालको भनाइ थियो । 

उनले जेनजी आन्दोलनलाई जनविद्रोहको संज्ञा दिँदै त्यस क्रममा भएका जनधनको क्षतिलाई सबैले मिलेर सम्बोधन गर्नुपर्ने बताए । गृहमन्त्री अर्यालले नयाँ पुस्ताको मागअनुसार अघि बढ्न पनि कर्मचारीहरुलाई निर्देशन दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?