काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीले पद तथा गोपनियताको शपथग्रहण गरेकी छन् ।
नवनियुक्त महान्यायाधिवक्ता भण्डारीले प्रधानमन्यायाधीश प्रकाशमानसिंह राउत समक्ष पद तथा गोपनियताको शपथग्रहण गरेकी हुन् ।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गरेका हुन् ।
भण्डारी नेपालको इतिहासमा नै पहिलो महिला महान्यायाधिवक्ता हुन् ।
यसअघिका महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएसँगै नयाँ नेतृत्व चयन भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया