काठमाडौं । गृह मन्त्रालयले जेनजी आन्दोलनमा शहीद भएकाहरूको नाममा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । साथै उनीहरूको सम्मानमा राष्ट्रिय झन्डा आधा झुकाइने छ ।
नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदबहालीलगत्तै सो निर्णय गरेका हुन् । शोक दिवस मनाउने दिन भने मन्त्रीपरिषद्ले निर्णय गर्ने उनले बताए ।
नवनियुक्त गृहमन्त्री अर्यालले आन्दोलनमा घाइते भएकाहरूका परिवारलाई एक लाख–एक लाख रुपैयाँका दरले राहत दिने निर्णय पनि गरेका छन् । शवहरू व्यवस्थापनका लागि सरकारले निःशुल्क सवारीसाधन उपलब्ध गराउने र विकट ठाउँमा हेलिकप्टरबाट पुर्याउने निर्णय पनि उनले गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया