काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित भएकाले हाल देशभर साधारणतया मौसम बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सोमबार बिहान बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली प्रदेशका थोरै क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
सोमबार देशभर सामान्य बदली रहने महाशाखाले जनाएको छ। लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागका धेरै स्थान र तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। साथै गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया