काठमाडौं । कर्फ्यू हटेसँगै रुपन्देहीको जनजीवन सामान्य बन्दै गएको छ ।
लामो र छोटो दूरीका सवारीसाधनहरु पनि कर्फ्यू हटेसँगै सञ्चालन हुन थालेका हुन् ।
भ्रष्टाचार र बेथितिका विरुद्ध जेनजी पुस्ताले गरेको आन्दोलनपछि देशको अवस्था नियन्त्रण बाहिर गएको थियो ।
सुरक्षा चुनौती बढेसँगै नेपाली सेनाले सुरक्षाको जिम्मा लिएर अहिले पनि सुरक्षा दिँदै आएको छ । यति बेला आम नागरिकहरू घरबाहिर निस्किन थालेका छन् ।
पसलहरूबाट सामान खरिद गर्न, अत्यावश्यकका काममा घर बाहिर मानिसहरू निस्किएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया