काठमाडौं । अन्तरिम सरकार गठनको विषयमा छलफल गर्न दिउँसो २ बजेका लागि छलफल बोलाइएको छ ।
बिहान ९ बजेका लागि बैठक बोलाइएको थियो । तर अन्तरिम सरकार गठन गर्न शीतल निवासमा बोलाइएको वार्ता दिउँसो २ बजेका लागि सरेको हो ।
राष्ट्रपति कार्यालय शीतल निवासले अन्तरिम सरकार गठनका लागि २ बजेका लागि बैठक बोलाएको हो ।
यसअघि नै अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई नेतृत्व दिने विषयमा एकखाले सहमति बनिरहेको छ । तर संविधानमा रहेका कतिपय प्रावधानले कार्कीलाई बन्न नदिने रहेको भन्दै त्यसबारे समेत छलफल भइरहेको छ ।
त्यसो त अन्तरिम सरकार गठनका लागि बिहीबार मध्यरातबाट सर्वपक्षीय सर्वपक्षीय छलफल चलेको थियो । शुक्रबार बिहान ३ बजेसम्म चले पनि कार्कीलाई अन्तरिम सरकारको नेतृत्व कसरी दिने भन्ने विषयमा कुरा नमिलेको हो ।
यता आन्दोलनमा होमिएका जेनजी युवाहरुले संसद विघटन हुनुपर्ने कुरालाई मुख्य मुद्दा बनाएका छन् । तर त्यस विषयमा राष्ट्रपति पौडेलले आन्तरिक छलफल गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया