चर्चामा रहेका सागर ढकाल काठमाडौंमा- ‘युवाहरुको मध्यस्थता गर्न तयार छु’

लोकपथ
595
Shares

काठमाडौं । जेनजी आन्दोलनपछि चर्चामा रहेका सागर ढकाल काठमाडौं आएका छन् । उनी आज धनगढीबाट काठमाडौं आएको र युवाहरुको मध्यस्थता गर्न तयार रहेको बताए ।

उनले सामाजिक सञ्जालमा लेख्दै आफू पदका लागि नभइ युवाहरुका लागि समन्वय र मध्यस्थता गर्न तयार रहेको बताएका छन् ।

‘प्रीय जेनि जी, नमस्ते । डडेल्धुराबाट काठमाडौं आइपुगेको छु। हजुरहरुलाई सकेको सहयोग गर्ने छु । हामीले विश्व इतिहास बनाएका छौँ , यो इतिहास सामान्य होइन। कुनै पनि पदको लागि नभएर हजुरहरुको‌ पछि बसेर समन्वय तथा मध्यस्थताको भुमिका निभाउन तयार छु,’ उनले भनेका छन् ।

त्यसो त जेनजी समूहका केही युवाहरुले अब बन्ने अन्तरिम सरकारको प्रधानमन्त्रीका रुपमा सागर ढकाललाई अघि बढाउन उपयुक्त हुने सुझाव दिइरहेका छन् । केही युवाहरुले उनको नामलाई समेत अघि ल्याएपछि धनगढीमा रहेका उनी काठमाडौं आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?