झापामा प्रहरी हिरासतबाट फरार ९२ थुनुवा अझै सम्पर्कविहीन

लोकपथ
147
Shares

झापा । ‘जेनजी’ प्रदर्शनका क्रममा जिल्लाका विभिन्न इलाका प्रहरी कार्यालयको हिरासतबाट फरार भएका ९२ जना थुनुवाहरू अझै सम्पर्कमा आएका छैनन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार उनीहरूको खोजी कार्य जारी छ ।

भदौ २४ गते इलाका प्रहरी कार्यालय अनारमनीबाट ३६, दमकबाट ५१ र झिलझिलेबाट पाँच जना गरी ९२ जना थुनुवा फरार भएका थिए । उनीहरू हालसम्म पनि फेला नपरेको प्रवक्ता खड्काले जानकारी दिए ।

त्यस दिन प्रदर्शनकारीले दमक, बिर्तामोड, झिलझिले र काँकडभिट्टा इलाका प्रहरी कार्यालयमा आगजनी र तोडफोड गरेका थिए । बिर्तामोडस्थित प्रहरी कार्यालयमा आगजनी हुनुअघि प्रदर्शनकारीले नियन्त्रणमा लिएका हतियार सेनाले फिर्ता लिइसकेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?