गड्डाचौकी नाकाबाट नेपालीलाई भारत प्रवेशमा रोक

लोकपथ
371
Shares

काठमाडौं । भारतसँग सीमा जोडिएको पश्चिमी नाका गड्डाचौकीबाट भारत प्रवेशमा रोक लगाइएको छ ।

नेपालमा ‘जेनजी’ आन्दोलनपछि भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सुदूरपश्चिमका सीमा नाकामा कडाइ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार हाल भारतबाट फर्किने नेपाली नागरिकलाई अनिवार्य रूपमा नेपाली परिचयपत्र देखाउनुपर्ने व्यवस्था गरिएको छ।

त्यसैगरी भारततर्फ जानेको हकमा भारतीय आधार कार्ड अनिवार्य गरिएको र नेपालीलाई भारत प्रवेशमा पूर्ण रूपमा रोक लगाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?