जङ्गी अड्डामा जेनजीबिच विवाद, एकअर्काको अस्तित्व स्वीकार गरेनन्

लोकपथ
154
Shares

काठमाडौं । जेनजी प्रतिनिधिहरुबिच विवाद देखिएको छ ।

अहिले सैनिक मुख्यालय जङ्गीअड्डामा छलफलका लागि जेनजी प्रतिनिधिहरु पुगेका छन् । तर त्यहाँ पुगेका विभिन्न समूहहरुले आ–आफ्नो अडान राखिरहेका छन् । उनीहरुले आ–आफ्नै अनुसारको पात्र खडा गरिरहेका छन् । एकले अर्कोले अघि सारेको पात्रलाई स्वीकार नगरेपछि अहिले विवादको अवस्था देखिएको हो ।

अहिले विभिन्न समूहमा त्यहाँ पुगेका जेनजीबिच होडबाजी चलिरहँदा नेपाली सेनाले भने होहल्ला नगर्न र हुलदंगा नगर्न भनिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?