काठमाडौं । महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त गुणस्तर व्यवस्थापन प्रणालीअन्तर्गत लगातार तेस्रो पटक प्रमाणित भएको छ ।
अन्तर्राष्ट्रिय मापदण्डअनुसार गुणस्तरीय वित्तीय सेवा प्रदान गर्न सफल भएको आधारमा बैंक पुनः प्रमाणित भएको हो । बैंक पहिलो पटक २०८१ साल श्रावण ३२ गतेदेखि लागू हुने गरी प्रमाणित भएको थियो ।
त्यसपछि २०८२ साल भदौमा भएको पहिलो पुनरवलोकन परीक्षणबाट पनि बैंक पुनः प्रमाणित भएको थियो । २०८३ साल श्रावणमा सम्पन्न तेस्रो पुनरवलोकन परीक्षणपछि बैंक २०८३ साल श्रावण ३२ गतेदेखि लागू हुने गरी पुनः प्रमाणित भएको जनाएको छ ।
बैंकका अनुसार यस्तो प्रमाणपत्र प्राप्त गर्न बलियो गुणस्तर व्यवस्थापन प्रणाली, उत्कृष्ट सेवा, ग्राहक सन्तुष्टि र कार्यप्रणालीमा निरन्तर सुधार आवश्यक हुन्छ । प्रमाणपत्रका लागि बैंकको नीति, नियम, प्रक्रिया, अभिलेखीकरण तथा समग्र व्यवस्थापन प्रणालीको विस्तृत परीक्षण र लेखापरीक्षण गरिएको थियो ।
बैंकले विकास बैंकहरूमध्ये यस्तो प्रमाणपत्र प्राप्त गर्नेमा आफू अग्रणी रहेको दाबी गरेको छ । साथै, गुणस्तरीय वित्तीय सेवा विस्तार गर्ने क्रममा बैंकले काठमाडौंको ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल सेवा केन्द्रसमेत सञ्चालनमा ल्याएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया