‘पीडितलाई तुच्छ गाली गर्ने अन्ध समर्थक रास्वपालाई चाहिँदैन’ [पूर्णपाठ]

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका समर्थकहरुलाई सचेत रहन आग्रह गरेका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका सभापति लामिछानेले महाविपत्तिमा रहेका नागरिकहरुलाई गाली गलौज गर्ने समर्थकहरु आफूहरुलाई नचाहिएको बताए ।

बाढीमा परिवारका सदस्य र आफन्त गुमाएकाहरुमाथि सामाजिक सञ्जालमा निकृष्ट गालीगलौज भएपछि त्यसलाई जोडेर सरकारको समेत आलोचना भएको थियो ।

यसअघि नै प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ समेत आफन्त गुमाएकाहरुलाई गाली गर्नेहरु अपराधी भएको र सरकारले कारबाही गर्ने चेतावनी दिएका थिए ।

‘यो महाविपद्को समयमा सर्वस्व गुमाएका स्वाभाविक आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोकचौतारोमा तुच्छ टीकाटिप्पणी र कटाक्ष गर्ने कार्य आजै र अहिल्यै बन्द गरौं,’ बुधबारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै रविले भने, ‘ ‘राष्ट्रिय स्वतन्त्र पार्टीलाई विपद्मा रुँदैगरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन । हामीलाई त शोक र पीडामा परेका भुइँमान्छेको पक्षमा उभिने र उनीहरूको आँसु पुछ्ने सदस्यहरू चाहिएको छ ।’

यसैगरी विपदपछिको राहत र पुनस्थापनामा सरकारले काम गरिरहेको र थप प्रभावकारी बनाउने उनको विश्वास रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?