काठमाडौं । लगातार चार दिन बढेको सेयर बजारमा बुधबार गिरावट आएको छ । बुधबार बजार परिसूचक नेप्से १५.४३ अंकले घटेर २ हजार ५४५ अंकमा कायम भएको छ ।
कारोबार रकम भने सामान्य बढेको छ । मंगलबार ३ अर्ब ८३ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ४ अर्ब १९ करोड रुपैयाँको कारोबार भएको छ । कुल २७७ कम्पनीको कारोबार हुँदा ७४ कम्पनीको मूल्य बढेको छ भने १९२ कम्पनीको मूल्य घटेको छ। ११ कम्पनीको मूल्य स्थिर रह्यो ।
बुधबार विकास बैंक समूह सबैभन्दा धेरै २.३७ प्रतिशत घटेको छ । बैंकिङ समूह ०.१६, फाइनान्स १.०८, होटल तथा पर्यटन १.३८, जलविद्युत् ०.४९, लगानी ०.८२ र जीवन बीमा समूह ०.२० प्रतिशत घटेका छन् ।
त्यस्तै उत्पादन तथा प्रशोधन ०.२८, माइक्रोफाइनान्स ०.२५, निर्जीवन बीमा १.५७, अन्य ०.५२ र व्यापार समूह १.५६ प्रतिशत घटेका छन्।
आज अपर लोहोरेखोला हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढेको छ । शुभम् पावरको ६.४०, बाराही हाइड्रोपावरको ५.७९ र इङवा हाइड्रोपावरको ३.६६ प्रतिशतले मूल्य बढेको छ ।
यता इमर्जिङ नेपाल, सिन्धु विकास बैंक र जानकी फाइनान्सको सेयर मूल्य १५ प्रतिशतले घटेको छ । सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई मुक्तिनाथ विकास बैंकले एक्विजिसन गर्ने समझदारी भएपछि यी कम्पनीको सेयर मूल्य निरन्तर घटिरहेको छ ।
त्यस्तै कालिन्चोक दर्शनको १४.२८, उपकार लघुवित्तको १२.०४, मुक्तिनाथ विकास बैंकको ७.९८, त्रिशूली जलविद्युत्को ७.६०, सप्तकोशी विकास बैंकको ७.३३, नेपाल फाइनान्सको ६.४४ र मैलुङखोला जलविद्युत्को ६.३२ प्रतिशतले मूल्य घटेको छ ।
बुधबार कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स, सेन्ट्रल फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, सोलु हाइड्रोपावर, शिवम् सिमेन्ट, सानिमा मिडिल तमोर र इमर्जिङ नेपाल अगाडि रहे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया