जेनजीहरू भर्चुअल छलफलमा : वार्ता एजेन्डा तय गर्ने प्रयास

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रपति र नेपाली सेनाको आह्वानमा वार्ताका लागि जेन जीहरू भर्चुअल छलफलमा जुटेका छन् ।

डिस्कोर्डमा ३ हजारभन्दा बढी युवा सहभागि भएका छन् र उनीहरूले आगामी राजनीतिक एजेन्डा, शासन संरचना, कार्यकारीको कार्यकाल लगायतका विषयमा छलफल गरिरहेका छन् ।

छलफलमा वार्ताका लागि प्रतिनिधि चयन, नेतृत्व नियुक्ति, संसद विघटनपछि निर्वाचनको अवधि लगायतका विषयमा पनि चर्चा भइरहेको छ ।

मुख्य बुँदाहरूमा संसद विघटन हुनु पर्ने, निर्वाचन कम्तीमा ६ महिनाभित्र र बढीमा १ वर्षमा हुने, प्रधानमन्त्री प्रत्यक्ष रूपमा निर्वाचित हुने, कार्यकाल ४–५ वर्षको हुने, र एक व्यक्ति बढीमा दुई कार्यकाल वा ८–१० वर्ष प्रधानमन्त्री रहन पाउने जस्ता विषयमा सहमति जुटाउने प्रयास भइरहेको छ ।

जेन जीहरूले आफ्नो आन्तरिक छलफल मार्फत स्पष्ट एजेन्डा बनाएर वार्तामा जाने तयारी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?