नवलपरासी । जेन–जी आन्दोलनका क्रममा मंगलबार नवलपरासी बर्दघाट सुस्ता क्षेत्रमा विभिन्न राजनीतिक दल र नेताका घरमा व्यापक तोडफोड र आगजनी भएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का पार्टी कार्यालयमा आगजनी भएको छ । त्यस्तै, यी दलका नेताहरूका व्यक्तिगत घरमा पनि तोडफोड र आगजनी भएको जानकारी दिए ।
नेपालले भने, ‘जिल्लामा सरकारी कार्यालयभन्दा बढी राजनीतिक पार्टी र नेताका घरमा क्षति पुगेको छ। कावासोती र गैँडाकोट नगरपालिकामा समेत आगजनी र तोडफोड भएको छ ।’
नवलपुरको गैँडाकोटस्थित मौलाकाली केबलकारको तल्लो स्टेशनमा पनि प्रदर्शनकारीले आगजनी गरेका छन्। जिल्लामा भएका क्षतिको विवरण संकलन जारी रहेको उनले बताए । वर्तमानमा जिल्ला निषेधाज्ञा जारी रहँदै नियन्त्रणमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया