पुरानो तरिका सकियो, अब नयाँ तरिकाले सोचौँ : जनार्दन शर्मा

लोकपथ
175
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जेन जीको आन्दोलनपछिको परिस्थितिमा नयाँ ढंगले सोच्नुपर्ने बताएका छन् ।

 वर्तमान अवस्था असामान्य रहेको हुँदा सामान्य तरिकाले आफ्नो भूमिका पुरा गर्नु सम्भव नहुने भएकाले साथीहरूले नयाँ दृष्टिकोण अपनाउनुपर्ने आवश्यक रहेको बताए । 

उनले भने, ‘अहिले नै समीक्षा गरिहाल्ने अवस्था नहोला, परिस्थिति असामान्य भएको बेला सामान्य तरिकाद्वारा आफ्नो भूमिका पुरा गर्न सम्भव हुँदैन। तसर्थ साथीहरू बिल्कुल नयाँ ढंगले सोचौँ ।’

उनी वर्तमान राजनीतिक परिस्थिति र युवा आन्दोलनसँग सम्बन्धित रणनीति तथा भूमिका पुनर्विचारको आवश्यकता औँल्याउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?