आज देशभर मौसम बदली, कोशी–गण्डकीका पहाडी भेगमा भारी वर्षाको सम्भावना

लोकपथ
0
Shares

काठमाडौं । हाल देशभर मनसुनको प्रभाव रहेको तथा  मनसुनको न्यूनचापीय रेखा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको बताएको छ । 

आज दिउँसो देशका अधिकांश भागमा साधारणतया बदली हुने छ भने राति देशभर साधारणतया बदली रहनेछ । महाशाखाका अनुसार कोशी,मधेश, बागमती र गण्डकी प्रदेशलगायत पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेश बागमती र गण्डकी प्रदेशका पहाडी भेगका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

महाशाखाले वर्षाका कारण पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?