काठमाडौं । मंगलबार बिहानैबाट अशान्त बनेको काठमाडौं शान्त बन्न थालेको छ ।
जेनजी समूहले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विजयउत्सव मनाउन थालेका छन् । साथै प्रदर्शनस्थलमा नाराबाजी भइरहे पनि अहिले भने शान्त बन्न थालेको हो ।
सरकारले सोमबार जेन-जीको आन्दोलनमा दमन गरेपछि मंगलबार त्यसको प्रतिकार स्वरूप काठमाडौं उपत्यकासहित देशभर व्यापक प्रदर्शन भएको थियो । प्रदर्शनकारीहरुले देशको मुख्य प्रशासनिक निकाय सिंहदरबार, राष्ट्रपति भवन, प्रधानमन्त्री कार्यालयदेखि नेताका घर समेत जलाएका छन् । यद्यपि अहिले भने माहोल थप शान्त बन्न थालेको हो ।
यता जेन-जी समूहले एक अर्कालाई संयमित रहन आग्रह गर्दै सामाजिक सञ्जालमा सन्देश पठाउन थालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिएर गायब भएका छन् भने अन्य नेताहरुको अवस्था समेत अज्ञात रहेको छ ।
यता नेपाली सेनाले संयम रहन आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया